काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । गत माघ ११ गते प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधेयकमाथि संशोधनको माग गर्दै बैठक अवरुद्ध गरेको हो ।


ADVERTISEMENT


बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए ।


ADVERTISEMENT

# # #


सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । रिजालले बोलिसकेपछि कांग्रेस सांसदहरु पुनः उभिए ।

कांग्रेस उभिइरहेपछि सभामुख कृष्ण बहादुर महराले अर्को बैठक माघ २० गते आइतबार दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको घोषणा गरे ।