काठमाडौं – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।


ADVERTISEMENT


रोहित पौडेल चार रनमा आउट भएका छन् । यसअघि आठौँ ओभरमा चौथो विकेटका रुपमा कप्तान पारस खड्का २५ रन बनाएर आउट भएका थिए । जाहूर खानको बलमा आउट हुनुअघि उनले २५ बलमा चार चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि छैटौं ओभरमा नेपालले लगातार दुई विकेट गुमाएको छ । पाँचौं ओभरको अन्तिम बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र छैटौं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरी आउट भएका हुन् । ज्ञानेन्द्र मल्लले १० बलमा सात रन बनाएर आउट भए । यसअघि प्रदीप ऐरी पहिलो बलमै आउट भएका थिए ।

नेपालको स्कोर अहिले ९.२ ओभरमा ५६ रन रहेको छ ।