बुटवल– आइतबार गृुल्मीको वामीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


मुसिकोट नगरपालिका वडा नम्वर ९ वामी मैदानबाट वामीटक्सार बजारतर्फ आउँदै गरेको ग १ च ८३६७ नम्बरको जिप दुर्घटना हुँदा वामी मैदानका ३० वर्षीय ठाकुर सापकोटा र ५५ वर्षीय पुतली ठकुरी घाइते भएका हुन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरी जनाएको छ ।


ADVERTISEMENT

# # #


सोही स्थानकी ४८ वर्षीया हरिकला कार्की र १२ वर्षीय कमल कार्कीको अवस्था पनि गम्भीर रहेको बताइएको छ । दुर्घटनामा उनीहरुको मृत्यु भएको समाचार केही अनलाईनहरुमा आए पनि जिल्ला प्रहरी कार्यालय गुल्मीले मृत्युको पुष्टि गरेको छैन् । ‘उनीहरुलाई अस्पताल लगेर डाक्टरबाट मृत्यु घोषणा नगरेसम्म आफुहरुले पुष्टी गर्न मिल्दैन ।’ प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले बताए ।

ठाकुर सापकोटा गाडी धनी रहेको र ड्राईभर नभएका बेला आफैंले गाडी चलाएर हिडेको केहि वेरमै दुर्घटना भएको प्रहरीको दाबी छ । गाडी सडकदेखि करिब १ सय ५० मिटर तल खसेको छ । चिन्ताजन अवस्थामा रहेका २ जनालाई वामी लुम्विनी अस्पलालबाट सदरमुकाम तम्घास रिफर गरिएको वामी प्रहरी चौकी प्रमुख परमेश्वर चौधरीले जानकारी दिए ।