काठमाडौं । सरकारले प्रधानमन्त्री निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ।
आर्थिक पारदर्शीता र खर्चमा मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो।
अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पाइसकेको छ।
प्रधानमन्त्री केपी ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ।
राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, मन्त्री, सांसदलगायत राज्यका बहालवाला सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी प्रधानमन्त्रीको सुविधाका लागि करोडौं रुपैयाँ खर्चेर नयाँ भवन बन्न लागेको हो।