काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबारबस्दैछ। पार्टी एकताका बाँकी कामका विषय र समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको नेकपाले जनाएको छ।


ADVERTISEMENT


लामो समयपछि बस्न लागेको सचिवालय बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको जनाइएको छ।


ADVERTISEMENT

# # #


नेकपाले पार्टी एकताका बाँकी विषय टुङ्ग्याउन कार्यदल गठन गरेको थियो। एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि सचिवालय बैठक बोलाइएको हो।

सचिवालय बैठकले कार्यदललाई सक्रिय बनाउने नेताहरुको भनाइ छ। कार्यदलले काम पूरा गर्न नसकेपछि अपुरै प्रतिवेदन भए पनि माग्ने सचिवालयको तयारी रहेको बताइएको छ।

गत पुस १२ मा बसेको स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो।