काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदीय समितिहरुले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अघि बढाउन नदिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटाले ६ वटाभन्दा बढी संसदीय समितिहरुले फोरजी सेवा सञ्चालन गर्न नदिन तर्साउने,धम्क्याउने,हल्लाउने काम गरिरहेकोे भन्दै आक्रोश पनि व्यक्त गरे ।


ADVERTISEMENT


उनले नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन गर्न नदिएर कसको सेवा गर्न खोजेको ? भन्दै संसदीय समितिहरुलाई प्रश्न पनि गरे । फोरजी सेवा विस्तारमा आर्थिक अनियमितता भयो भनेर गलत आरोप लगाइएको दावी गर्दै मन्त्री बास्कोटाले त्यस्ता गलत खालको प्रचारसामू आफूले घुँडा नटेक्ने चेतावनी पनि दिए ।


ADVERTISEMENT

# # #


मंगलबार नेपाल टेलिकमको १५ औं वार्षिकोत्सव कार्यक्रमको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपाल टेलिकम भित्रकै केही व्यवस्थापक र इन्जिनियरहरुले आफ्नो घरको पोल अरुलाई लगाउँदै ‘देश द्रोही’को जस्तो व्यवहार गरेको भन्दै सचेत रहन पनि आग्रह गरे ।

मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न पनि सचेत गराए । मन्त्री बास्कोटाले नेपाल टेलिकमका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित हुन पनि निर्देशन दिए । मुनाफा आर्जनलाई मुख्य लक्ष्य बनाएर अघि बढेको निजी क्षेत्रसँग जनताको सेवाका लागि समर्पित नेपाल टेलिकमको तुलना हुनै नसक्ने मन्त्री बास्कोटाको भनाई छ ।