विदुर – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेको आलडाडामा घर भत्किदा एक वृद्धको ज्यान गएको छ ।


ADVERTISEMENT


बुधबार विहान ३ बजेतिर कच्चि घर भत्किएर ८५ वर्षिय कप्तान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


भूकम्पले चर्किएर कमजोर भएको कच्ची घरमा बस्दै आएका वृद्धको सोही घर भत्किदा किचिएर ज्यान गएको बेलकोटगढी नपा वडा नं. ७ का वडाअध्यक्ष हेमनिधी नेपालले बताए ।

परिवारका अन्य सदस्यहरु टहरामा बस्दै आए पनि वृद्ध तामाङ भने चर्किएको घरमा बस्दै आएकोले यो दुर्घटना भएको वडाअध्यक्ष नेपालले बताए ।