काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु नेपालगञ्ज शाखा, घोराही शाखा तथा बुटवल शाखा संचालन गरी कारोबार सुरु गरेको छ ।


ADVERTISEMENT


तीनवटै शाखा कार्यालयको उद्घाटन गर्दै कम्पनीका अध्यक्ष डा। आत्मा राम घिमिरले शाखाहरु विस्तारको क्रममा रहेको बताए । उनले पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कम्पनीका नि। प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्य सहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे । आगामी दिनहरुमै कम्पनीले देशैभरी थप शाखाहरु बिस्तार गर्दे लैजाने जानकारी गराए ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।