काठमाडौं । बिबिसीका पत्रकारको एक समूहलाई युगाण्डाको राजधानी कम्पालाबाट पक्राउ गरिएको छ । ती पत्रकारहरुले सरकारी औषधिको गैरकानुनी बिक्रीका विरुद्ध समाचार लेखिरहेका थिए ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई बुधबार राति गिरफ्तार गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार युगाण्डा सरकारका प्रवक्ताले बिबिसी पत्रकारलाई तुरन्तै रिहा गर्न अपिल गरेका छन् ।


ADVERTISEMENT

# # #


‘मलाई अहिलेसम्म थाहा भएको छैन कि प्रहरीले पत्रकारलाई किन पक्राउ गर्यो, मेरो विचारमा यी पत्रकारले तन्त्रको गडबडी उजागर गरेर सरकारलाई सहयोग गरिरहेका थिए,’ सरकारका प्रवक्ताले रोयटर्ससँग भनेका छन् ।