काबुल– अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले ९३ बर्षको उमेरमा उनको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् ।


ADVERTISEMENT


सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको सेवा गरेका थिए । त्यसैगरी उनी सन् २००३ मा ‘लोया जिर्गा’ अध्यक्ष पनि भएका थिए । सन् २००१ को अन्त्यमा तालिवानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उनले अनुमोदन गरेका थिए ।


ADVERTISEMENT

# # #


पूर्वराष्ट्रपति मुजाद्धिद अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुन् ।उनको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सी