काठमाडौं– बिग बास लिगमा मेलबर्न स्टार्सलाई होबार्ट हुरिकेन्सले जितका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको होबार्ट हुरिकेन्सले निर्धारीत २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५३ रन बनाएको हो ।


ADVERTISEMENT


होबार्ट हुरिकेन्सका लागि डासी सर्टले ३५ रन, बेन एसीडीमर्टले ५३ र जर्ज बेलीले ३७ रनको योगदान गरे । सेमीफाइनलमा प्रवेशका लागि मेलबर्न स्टार्सले आजको खेल जित्नैपर्ने छ । आजको खेलमा नेपालका युवा लेग स्पीनर सन्दीप लामिछानेले भने विकेट लिन सकेनन् । ४ ओभरमा सन्दीपले ३१ रन खर्चेका थिए ।


ADVERTISEMENT

# # #