काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचकहरुलाई नौ महिने सरकार हेर्ने बानी परेको टिप्पणी गरेका छन् । सरकार सञ्चालनको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नौ महिने सरकारको बानी परेकाले अब त्यो बानी फेर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


“अब सरकार फेरिँदैन । सरकार फेरिएको हेर्न चाहनेले अब बानी फेर्नुपर्यो,” उनले टिप्पणी गरे । उनले सरकार बनेको तीन महिना चुप लाग्ने, तीन महिनापछि आलोचना गर्ने र नौ महिनामा सरकार फेर्नेतिर लाग्ने बानी परेकाहरूले नै सरकारको योजना मन नपराएको जिकिर गरे । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।


ADVERTISEMENT

# # #