डोटी । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् ।


ADVERTISEMENT


पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।


ADVERTISEMENT

# # #


घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोपी र पीडितको नाम गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आरोपीलाई थप अनुसन्धानका लागि अपराध महाशाखा काठमाडौँ हनुमान ढोका पठाउने तयारी भइरहेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताए।