काठमाडौं । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ नेपाली प्रहरीको नियन्त्रणमा परेका छन्।


ADVERTISEMENT


विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।


ADVERTISEMENT

# # #


अलपत्र पर्नेमा धेरै महिला छन्। नेपाल पक्षले उनीहरूको उद्धार प्रयास गरे पनि अझै सफल हुन सकेको छैन।