काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद मोहम्मद अफ्ताब आलमले गिरिज प्रसाद कोइरालाको दूरदर्शिताले गर्दा नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् ।


ADVERTISEMENT


वीरगञ्जमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै नेता आलमले लोकतन्त्रमा लागेको ग्रहणलाई अन्त्य गर्नका लागि गिरिजा प्रसाद कोइरालाको भूमिका अग्रणी रहेको बताए । उनले अहिले देशमा जति विकासको परिवर्तन देखिएका छन्, ती सबै नेपाली कांग्रेसको सरकारले गरेको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले सरकारको काम गर्ने शैली र रबैयाले गर्दा समृद्ध नेपाली र सुखी नेपालीको सपना पूरा हुन नसक्ने दाबी गरे ।

अहिले कांग्रेस जिम्मेवार प्रतिपक्षीको रुपमा नै रहने भन्दै उनले अबको पाँच वर्षपछि सरकारमा आएर समृद्ध नेपाल बनाउने ठोकुवा गरे । ओली सरकारको एक वर्ष पुगेको अवसरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दिएको आश्वासन अनुसार काम गर्न नसकेको बताए ।

‘प्रधानमन्त्रीजीले नेपाली जनतालाई जुन किसिमको विश्वास दिलाउनु भएको थियो, कि नेपालको मुहार परिवर्तन गर्छु, नेपालीहरुलाई सुखी बनाउँछु भनेर जुन घोषणा गर्नुभएको थियो’ नेता आलमले भने, ‘त्यो अनुसार यो सरकारको काम गराई भएन, त्यस किसिमको भिजन देखिएन ।’

‘यो सरकारको एक वर्ष पुगेको छ । तर देशको अवस्था जस्ताको त्यस्तै छ । बेरोजगारी समस्या झनै बढेको छ’ नेता आलमले भने ।