काठमाडौँ– सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो निधन भएको त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।


ADVERTISEMENT


गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको दुर्घटनास्थलमा नै निधन भएको थियो ।


ADVERTISEMENT

# # #


यता, भट्टराईको परिवारले भने दुर्घटना नियोजित भएको आरोप लगाएका छन् ।