काठमाडौं । अनेरास्ववियुले रामनाथ ढकाल स्मृति छात्रवृत्ति बितरण गरेको छ।


ADVERTISEMENT


यसबर्ष सरकारी बिद्यालयबाट एसइइ उत्तीर्ण देशको विभिन्न जिल्लाबाट आएका एकसय भन्दा बढी बिद्यार्थीहरुलाई राजधानीका विभिन्न कलेजमा छात्रवृत्ति बितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


अनेरास्ववियुका पुर्ब अध्यक्ष स्व. रामनाथ ढकालको सम्झनामा गत बर्ष देखि दलित, जनजाति, मधेसी, थारु, महिला, अल्पसंख्यक, पिछडिएको क्षेत्रका गरिब तथा जेहेन्दार बिध्यार्थीलाई लक्षित गरि छात्रवृत्ति प्रदान गरिदै आएको छ ।

 

कार्यक्रमकमा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा सासंद रबिन्द्र अधिकारी र अध्यक्षता अनेरास्ववियु अध्यक्ष नबिना लामाले गरेका थिए । कार्यक्रममा विभिन्न कलेजका सन्चालक र प्रतिनिधि हरुको पनि उपस्थिती रहेको थियो ।