काठमाडौँ– वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


हिजो बेलुका लिफ्ट चुँडिदा ३ जना मजदुर गम्भीर घाइते भएका थिए ।

एक जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजार्दै गर्दा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ ।