काठमाडौँ– महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतीनाथको मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने र पाकेट मार्दै हिँड्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पशुपति क्षेत्रबाट ८ जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख ९डिआईजी० शैलस थापा क्षेत्रीले रातोपाटीलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाहरुलाई सोमबार साँझसम्म वाच गरेपछि अपराधको प्रकृति हेरेर मुद्दा चलाइने वा नचलाउने बारे निर्णय गरिने डिआईजी क्षेत्रीले बताए ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथको मन्दिरमा सोमबार मध्यान्ह १ बजेसम्ममा १ लाख ४५ हजार दर्शनार्थीले दर्शन गरेका छन् ।

‘अहिले ५५ हजार दर्शनार्थी लाईनमा हुनुहुन्छ,’ डिआईजी क्षेत्रीले भने, ‘पशुपति क्षेत्रमा चार हजार प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था चुस्त बनाईएको छ ।’