चिप्लेढुङ्गा– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।


ADVERTISEMENT


माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ । उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए । अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका हुन् ।


ADVERTISEMENT

# # #


उनी रूखमा अड्किएका थिए । उनलाई स्थानीयवासीले उद्धार गरेका छन् । उनको अवस्था भने सामान्य रहेको छ । यागुदिन कुन कम्पनीबाट कम्पनीबाट उडेको भन्ने जानकारी आइनसकेको कास्की प्रहरीका प्रवक्त रवीन्द्रमान गुरुङले बताए । पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।