काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।


ADVERTISEMENT


वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयीकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #