धनगढी– बुधबार जिल्ला अदालत कैलालीले टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइरहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि कैलाली पुगेका थिए ।


ADVERTISEMENT


उनी सुरक्षा निकायका प्रमुखहरुसहित सुदूर पश्चिम प्रदेश स्तरीय प्रादेशिक सुरक्षा गोष्ठीमा भाग लिन धनगढी पुगेका थिए । गृहमन्त्री थापा प्रहरीका प्रमुख सर्वेन्द खनाल, सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारी मै थिए ।


ADVERTISEMENT

# # #


हसनपुरस्थित शुभश्री प्यालेसमा सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षाको अवस्था, चुनौती र त्यसका लागि अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा छलफल भईरहँदा त्यहाबाट करीब एक किमीको दूरीमा रहेको कैलाली जिल्ला अदालतमा भने देशकै शान्ति सुरक्षामा चुनौती थपेको टीकापुर घट्नाका विषयमा फैसला हुदै थियो ।

संयोगले राज्यकै शान्ति सुरक्षाको प्रमुख जिम्मेवारी र अभिभारा बोकेका गृहमन्त्री थापा र गृहमन्त्रालयकै मातहतमा रहेका तीन वटै सुरक्षा निकाय धनगढीमा रहेका बेला टीकापुर घट्नाको फैसला हुनु संयोग मिलेको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठका काँधमा प्रादेशिक सुरक्षा गोष्ठीलाई सफलता पूर्वक सम्पन्न गर्नुपर्ने जिम्मेवारी त छदै थियो, उनलाई अदालतको फैसलापछि उत्पन्न हुनसक्ने तनावलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरुलाई कहाँ तैनाथी गर्ने ? कसरी कुनै अप्रिय घट्ना हुन नदिने रणनीति अपनाउने भन्ने चासो चिन्ता र कार्यभार थियो ।

फैसलापछि उत्पन्न हुनसक्ने स्थितिलाई मध्यनजर गर्दै प्रहरी निकायले टीकापुरमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राख्यो ।

र फैसलाको दुई घण्टापछि प्रजिअ श्रेष्ठले गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुखलाई विमानस्थलबाट विदाई गरे । यता फैसलापछि रिहाई भएकाहरु घरतर्फ लागे । र सजाय पाएकाहरुलाई कारागारमा राखियो ।