काठमाडौँ– राष्ट्रिय सभा सदस्य कोमल वोलीले माफी मागेकी छन । उनले एक टिभी कार्यक्रमका क्रममा दलितलाई होच्याएको भन्दै सामाजिक सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागेकी हुन् ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती निकाल्दै सांसद ओलीले आफूले कार्यक्रममा उखान मात्रै प्रयोग गरेको र त्यसले कुनै समुदायप्रति चोट पुगेमा क्षमा याचना गरिदिन आग्रह गरेकी छन् ।


ADVERTISEMENT

# # #


‘हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ ।’ उनले भनेकी छन्, ‘ यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो । म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ ।’

उनले उक्त उखान नियतवश नभई आकस्मिक मुखबाट निस्किएको बताएकी छन् ।