धनगढी – बझाङ निर्वाचन क्षेत्र नं.ख बाट प्रदेश सभामा विजयी प्रदेश सभा सदस्य देवकी मल्ललाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेका छन् ।


ADVERTISEMENT


तीन चारजनाको समूहमा आएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड र बागथलाबीचबाट शुक्रबार दिउँसो अपहरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनी बझाङस्थित बुगल नगरपालिकामा महिला भलिबल खेलकुद प्रतियोगिता उद्घाटनका लागि जाँदै थिइन् । त्यही क्रममा उनी अपहरणमा परेकी हुन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भरबहादुर शाहले सांसद मल्ल अपहरणमा परेको पुष्टि गरेका छन् ।

उनका बुवा धनबहादुर मल्ल र भाइ भरत मल्ल पनि विप्लवकै कार्यकर्ता हुन् । सांसद मल्लका बुवा विरामी भएर काठमाडौँमा उपचाररत छन् । भाइ भरत भने गाउँमै रहेका थिए ।
भाइ नै विप्लवका कार्यकर्ता भएकाले मल्ललाई केही नहुने विश्वास मन्त्री शाहले गरेका छन् ।