काठमाडौँ – संगठित अपराध गरेकाले प्रचलित कानुनअनुसार नै विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको सरकारले बताएको छ ।


ADVERTISEMENT


बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोकुल बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुन कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको बताए ।


ADVERTISEMENT

# # #


उनले विप्लव समूहलाई पटकपटक वार्तामा बस्न आह्वान गर्दा पनि इन्कार गरेको बरु वार्ताका नाममा हिरासतमा रहेका कार्यकर्ता छुटाउने र आपराधिक कार्यमा संलग्न गराउने नियत देखिएपछि कानुनको धारामै टेकेर बर्जित गरिएको स्पष्ट पारेका हुन् ।

यस्तै प्रवक्त बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ समुहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।