काठमाडौँ – सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गोकुल बास्कोटाले ३५ दिनभित्र अवैध हतियार बुझाउन अल्टिमेटम दिइएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


अवैद्य हतियार राख्नेलाई ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने र गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले बताए ।


ADVERTISEMENT

# # #


उनका अनुसार स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन आह्वान गरिएको छ । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ ।’ उनले भने, ‘यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ।’

यस्तै मन्त्रिपरिषदले ललितपुरको खुमलटारस्थित रेडियो नेपालको १४२ रोपनी जग्गा दुरसञ्चार प्राधिकरणलाई दिने निर्णय पनि गरेको छ ।