काठमाडौँ – काठमाडौंमा रहेको राहदानी विभागले कार्यालय समय १ घण्टा थप गरेको छ । विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको बताएको छ ।


ADVERTISEMENT


सधैँ १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय चैत १ देखि ९ बजे खुलेर ५ बजे बन्द हुने भएको हो । हरेक शुक्रबार भने ९ बजे खुलेर ३ बजेसम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिन देखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।


ADVERTISEMENT

# # #


थपिएको समयले सेवाग्राहिले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरे । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै राहदानी प्रयोगमा प्रयोगकर्तालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु, राहदानी बिभाग र विदेशस्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।