हेटौंडा । नेपाल बिधार्थी संघका निवर्तमान अध्यक्ष नैनसिँह महरले नेविसंघको तत्काल तदर्थ समिती बनाउनु पर्ने बताएका छन् । संगठनको हितकै लागि मार्ग प्रसस्त गर्न आँफूले राजिनामा दिएको बताउँदै महरले नेविसंघको प्लेन कमिटीलाई बिधानले नचिन्ने भन्दै तत्काल पदाधिकारी सहितको १ सय १ सदस्य समिती बनाउन ढिला गर्न नहुने बताएका हुन् ।


ADVERTISEMENT


नेपाली काँग्रेस महवानपुर जिल्ला कार्य समितीको कार्यक्रममा बोल्दै महरले नेविसंघलाई गुट उपगुट भन्दा पनि सिँगो पार्टीको प्रतिनिधित्व हुने गरी बलियो बनाउनुपर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


आँफूले राजिनामा दिएर नयाँ कमिटीका लागि बाटो खुल्ला गरिदिए पनि काँग्रेसको जुजारु भातृ संगठन नेविसंघलाई लामो समय सम्म नेतृत्व बिहिन बनाईरहनु दुर्भाग्यपूर्ण भएको भन्दै महरले तत्काल नयाँ शसक्त नेतृत्वले नेविसंघ हाँकेको हेर्ने ईच्छा रहेको बताएका हुन् ।

पार्टी र संगठन बलियो र एकताबद्ध बन्नुपर्छ भन्ने उत्कट चाहनाका कारण नेविसंघको नेतृत्व हस्तान्तरणको लागि आँफूले भूमिका खेलेको भन्दै महरले लामो समय सम्म पनि तदर्थ समिती नबन्दा दुख लागिरहेको बताएका छन् ।

बिधान सम्बत ढँगले चाँडै नै नयाँ नेतृत्वबाट नेविसंघलाई दौडाएर बिधार्थी आन्दोलन, लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउँदै नेपाली काँग्रेसलाई राजनीतिमा शसक्त र शक्तिशाली बनाउन सबैले भूमिका खेल्नुपर्ने महरको आग्रह छ ।