सिराहा – सिके राउतको नेतृत्वमा रहेको ‘स्वतन्त्र मधेस गठबन्धन’ को नाम फेरिएको छ । सिरहाको लाहानमा सम्पन्न राष्ट्रिय परिषद बैठक राउत नेतृत्वको गठबन्धनको नाम फर्ने निर्णय गरेको हो । अब पार्टीको नयाँ नाम ‘जनमत पार्टी’ हुने भएको छ ।


ADVERTISEMENT


लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् ।


ADVERTISEMENT

# # #


पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।

‘अष्टदल’ निर्वाचन चिन्हका साथ चाँडै निर्वाचन आयोगमा दर्ता गर्नका लागि निवेदन दिने उनले बताए ।