काठमाडौँ – पाचौँ साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ४–० गोलअन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । पहिलो हाफमा १–० गोलको अग्रता कायम गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल हानेको हो ।


ADVERTISEMENT


विराटनगरको शहिद रंगशालामा जारी खेलमा पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा पुनम जर्घा मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् ।


ADVERTISEMENT

# # #


त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारत र ब‌गलादेशबीच फाइनल प्रवेशका लागि आजै प्रतिस्पर्धा हुँदैछ ।