काठमाडौँ – सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा सिद्धार्थ बैँकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्स को तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरे ।


ADVERTISEMENT


सम्झौता अनुसार सिद्घार्थ बैंकले देशभर रहेका आफ्ना १४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले सावधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ।


ADVERTISEMENT

# # #


महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।