हुम्ला – चैतको दोस्रो साता पुनः हिमपात भएको छ । हिमपातपछि एसईई परीक्षाका परीक्षार्थी समस्यामा परेका छन् । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थी समस्यामा परेका छन् ।


ADVERTISEMENT


हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थी बढी प्रभावित भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरू भएको छ ।


ADVERTISEMENT

# # #


चैत १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । सोमबार बिहानदेखि मौसम बदलिएसँगै आज बिहानबाट हिमपात भएको छ ।

जिल्लाको बेँसीतिर पानी परिरहेको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको साथै एसईई परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ । यस वर्षको एसईईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।