काठमाडौं – सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा दल दर्ता नगर्नुको कारण देखाउन आदेश जारी गरेको छ ।


ADVERTISEMENT


विवेकशील नेपाली दललाई निर्वाचन आयोगमा दर्ता गर्न वञ्चित गर्ने निर्वाचन आयोगको निर्णयको विपक्षमा विवेकशील नेपालीले बुधबार दर्ता गरेको रिट निवेदनको बिहीबार पेशी तोकिएको हो ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजालशले उक्त मुद्दामा निर्वाचन आयोग समेत विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरी मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।

विवेकशील नेपालीले निर्वाचन आयोगलाई विपक्षी बनाएर प्रक्रिया पुरा भए पनि दल दर्ता गर्न अस्वीकार गरेको भन्दै बुधबार मुद्दा दर्ता गरेको थियो ।