काठमाडौं – प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन निर्देशन दिइएको छ ।


ADVERTISEMENT


शुक्रबार हिक्षामन्त्री गिरिराज मणि पोखरेलको नेतृत्वमा बसेको एसईई परीक्षा सुरक्षा समितिको बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशनसमेत दिएको हो।


ADVERTISEMENT

# # #


प्रश्नपत्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। देशभरबाट रिर्पोट आएपछि सुरक्षा समितिको बैठक पुनः बस्नेछ । त्यसपछि थप प्रक्रिया अगाडि बढाइने परीक्षा नियन्त्रण्क विष्णु अधिकारीले बताए ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का विद्यार्थी सडकमा उत्रिएका छन् ।