काठमाडौँ – आइतबार बारा र पर्सामा हावाहुरीका कारण भएको क्षतीको राहतस्वरुप नेकपाका संघीय सांसदले आफ्नो एक दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रतिनिधिसभाका सांसदको एक् दिनको पारिश्रमिक कोषमा जम्मा गरिने जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रभावितहरुको राहत र उद्दारका लागि सक्रीय हुन आह्वान गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बारा र पर्सामा आएको त्रासद् आँधी प्रभावित परिवारको सहयोगार्थ हामी जहाँ छौं त्यहीँबाट सक्रिय रहन म सवैमा आह्वान गर्दछु । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम गरिने समेत जानकारी गराउँछु ।’

प्रधानमन्त्री ओली सोमबार नै झापाको पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गर्दै गृहमन्त्री राम बहादुर थापा, गृहसचिव प्रेम राई लगायतको टोलीसहित बारामा गएर प्रधावित क्षेत्रको अवलोकन गरेका थिए ।

आइतबार आएको हावाहुरीले २७ जनाको मृत्यु भएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् ।