धनगढी – बारा र पर्सामा आइतबारको हावाहुरीका कारण प्रधावित भएकालाई धनगढी उप-महानगरपालिकाले सहयोग गर्ने भएको छ ।  उप-महानगरपालिका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब हावाहुरी पीडितलाई सहयोग गर्ने भएका हुन्


ADVERTISEMENT


मानवीय संकटमा मलम लगाउनका लागि एक दिनको तलब दिने निर्णय गरेको  उप-महानगरपालिका प्रमुख नृपबहादुर वडले बताए। नगरप्रमुख वडले हावाहुरी पीडितका लागि सहयोग गर्न नगरका क्रियाशिल संघसंस्थालाई समेत आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #