काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पाँच वर्षभित्र मलुकबाट भोकमरी अन्त्य गर्नका लागि सरकारले काम गरिरहेको बताएका छन् । काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले सरकार समृद्धिको अभियानमा केन्द्रीत भएकोले त्यसका लागि आवश्यक योजनाको सुझाव दिन आग्रह गरे ।


ADVERTISEMENT


बैठकमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार गरेको बताउँदै त्यसो नगर्न चेतावनी दिए । सरकार अधिनायकवादी नभई समाजवादी बाटोमा हिंडेको उनको दाबी थियो ।


ADVERTISEMENT

# # #


‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ’ उनले भने, ‘समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढ्दैछ, यस अवसरलाई हामी कसैले पनि तलमाथि गर्नु हुँदैन ।’

परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाएर त्यसलाई समृद्ध बनाई मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन प्रधानमन्त्रीले सबैलाई आह्वान गरे ।

१५औं योजनाको आधार पत्रको मस्यौदामा उद्योग, पर्यटन, उर्जा, पूर्वाधार विकासमा जोड दिएर मुलुकलाई समृद्ध बनाउने योजना तय गरिएको प्रधानमन्त्रीको भनाई छ ।