काठमाडौँ – धन कमाउने आशमा वैदेशिक रोजगारीमा गएर जीवन गुमाउनेहरुको कथालाई लिएर नेपाली लोक दोहोरी गीत ‘जालमा फसायौ’ आएको छ ।


ADVERTISEMENT


पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुती रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT

# # #


शब्द तथा संगीत प्रभावन जे को रहेको उक्त गीतमा संगीत संयोजन भुवन प्रकाश बडुले गरेका छन् । नारायण दंगाल र स्वंम गायिका पार्वती कार्कीको अभिनय रहेको ‘जालमा फसायौ’को म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन स्वंयम प्रभावन जे ले गरेका छन् ।

गीतको म्युजिक भिडियो छांयाकन रोनिश तामाङ, ग्राफर विषेश मर्हजनले गरेका छन् भने सम्पादन नविन भट्टको रहेको छ ।

‘फसायौ भाग–२’ को पनि तयारी अन्तिम अवस्थामा पुगेको निर्देशक प्रभावन जे ले जानकारी दिए ।

भिडियो  :