बुटवल – बारा र पर्साका हुरी प्रभावितलाई प्रदेश नं ५ ले सहयोग गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


२ नं प्रदेश मुख्यमन्त्री राहत कोषमा जम्मा हुनेगरी  प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । यसअघि हुरी प्रभावितलाई प्रदेश ३ र प्रदेश ७ ले पनि समान एक करोड नै सहयोग गर्ने निर्णय गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


गत आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सामा ठूलो क्षती पुर्याएको छ । घटनाबाट २९ जनाले ज्यान गुमाएका छन् भने करिब ४ सय जना घाइते भएका छन् । सामान्य उपचारपछि केही घाइते फर्किपनि केहीको अहिले पनि उपचार भइरहेको छ ।