काठमाडौँ – अफगानिस्तान क्रिकेट बोर्डले विश्वकप आउन करिब एक महिना मात्र बाँकी रहँदा अस्घर स्टानिक्जाईलाई कप्तानबाट हटाएको छ । बोर्ड बैठकले विभिन्न फर्म्याटका लागि एकैपटक तीन जना नयाँ कप्तान नियुक्त गरेको छ ।


ADVERTISEMENT


बैठकले गुलाबदिन नैवलाई एकदिवसीय कप्तानका रुपमा नियक्त गरेको छ । उनले मे ३० देखि सुरु हुने विश्वपमा अफगानिस्तानको नेतृत्व गर्नेछन् । यस्तै एकदिवसीय उपकप्तानमा राशिद खानलाई नियक्त गरिएको छ । उनी यसअघि पनि उपकप्तान नै थिए । यस्तै टेष्ट क्रिकेटमा रहमत शाहले नेतृत्व सम्हाल्नेछन् । यता राशिद खान टी–२० अन्तर्राष्ट्रियका लागि कप्तान नियुक्त भएका छन् ।


ADVERTISEMENT

# # #


कप्तान परिवर्तनप्रति अफगानी खेलाडी असन्तुष्ट, रशिद भन्छन्, ‘गैरजिम्मेवार र एकपक्षीय निर्णय’

२०१५ मा मोहम्मद नाभीलाई विस्थापित गर्दै कप्तान बनेका अस्घरले आफ्नो कार्यकाल सफलतापूर्वक निभाएका छन् । उनको नेतृत्वमा अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी|)को पूर्ण सदस्य भएको थियो भने टेष्ट मान्यता समेत पाएको थियो । यस्तै भर्खरै भारतको देहराधुनमा आयरल्याण्ड विरुद्ध भएको टेष्ट क्रिकेट सिरिजमा ऐतिहासिक जित हात पारेको थियो ।

अफगानिस्तानले मे महिनामा स्कटल्याण्ड र आयरल्याण्डसंग दुई एक दिवसीय खेल खेल्दैछ । त्यसपछि उनीहरुले विश्वकप सुरुहुनुअघि पाकिस्तान र इङल्याण्डसंग अभ्यास खेल खेल्दैछन् । अफगानिस्तानले जुन १ मा अष्ट्रेलियाको सामना गर्दै एक दिवसीय विश्वकपको सुरुवात गर्नेछ । जुन इङल्याण्ड र वेल्समा हुँदैछ ।