काठमाडौँ– मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उनको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले भिक्षुका समस्त शिष्यगण, अनुयायी र बौद्ध समुदायप्रति समवेदना पनि व्यक्त गरेको छ । भिक्षु अश्वघोषको गत शुक्रबार निधन भएको थियो । यसअघि उनी गम्भीर अस्वस्थ हुँदा प्रधानमन्त्री केपी शर्मा ओली लगायतमन्त्री र सांसदहरु उनको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

भिक्षु अश्वघोष वि.सं २०४६ को जनान्दोलनपछि तत्कालीन संसद्मा तत्कालीन नेकपा ९एमाले० बाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । नेपाली भिक्षु सांसदमा पुगेको त्यो नै पहिलो घटना थियो ।