काठमाडौँ – नेपालमा रेमिट्याप डिजिटल वालेट सेवा शुरु भएको छ । रेमिट्याप नामक एक भारतीय कम्पनीले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा ई–रेमिट्यान्स र ई–भुक्तानीको लागि सो वालेट सेवा सुभारम्भ गरेको हो ।


ADVERTISEMENT


सोमबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेर वालेटबारे जानकारी दिइएको छ । रेमिट्यान्सको माध्यमबाट पठाइएको पैसा तुरुन्तै आफ्नो वालेट तथा बैंक खातामा नेपालका १० हजार भन्दा बढी स्थानबाट पाउने व्यवस्था सो वालेट सेवामा समावेश गरिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमिल स्थापितले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसबाट धारा, विजुली, टेलिफोनको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । रेमिटयाप प्रविधिबाट विदेशबाट पठाइएको पैसालाई आफू अनुकूलको बैँकमा हस्तान्तरण गर्न सकिने व्यवस्था पनि गरिएको प्रबन्ध निर्देशक स्थापितले बताए ।

यो प्रविधिबाट पैसा पठाउँदा समय र खर्च दुवैको बचत हुने भएकाले नेपालको लागि यो उपयोगी हुने विश्वास गरिएको बैंकले जनाएको छ ।