काठमाडौं – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने सरकारी टोलीको विदाई गरिएको छ । उचाई नाप्ने सरकारी कर्मचारीको टोलीलाई विदाइ प्रधानमन्त्री निवास बालुवाटारमा एक् कार्यक्रमका बीच आज बिहान विदाई गरिएको हो ।


ADVERTISEMENT


भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ जादैछन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।


ADVERTISEMENT

# # #


२०७२ सालको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने कुरा कुरा आएपछि सरकारले आफ्नै पहलमा पहिलो पटक सगरमाथाको उचाई नाप्न लागेको हो ।