काठमाडौँ – राष्ट्रिय जनता पार्टी(राजपा)ले नौ बुँदे माग राख्दै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । राजपाले आफ्ना कार्यकर्ता तथा जिल्ला अध्यक्षलाई सर्कुलरसहितको पत्राचार गर्दै सरकारविरुद्ध आन्दोलनमा जुट्न निर्देशन दिएको हो ।


ADVERTISEMENT


राजपाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, भ्रष्टाचार, कोलोबजारी, महंगी र बेरोजगारी अन्त्य गर्नुपर्ने माग सकेत राजपाले राखेको छ । आफ्ना माग पूरा गर्नका लागि चैत्र २९ गते सबै जिल्लामा प्रदर्शन र कोणसभा गर्न राजपाले निर्देशन दिएको  ।