विराटनगर – पूर्वराजा ज्ञानेन्द्र शाह चढेको गाडीले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने एक् जना गम्भरि घाइते भएका छन् । पूर्वराजालाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो ।


ADVERTISEMENT


मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारे चोकमा बुधबार राति बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार राति ९ बजे ठक्कर दिएको थियो।


ADVERTISEMENT

# # #


कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घाइते दुवैलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार हेम चौधरीको बुधबार राति मै मृत्यु भएको हो ।

थप अनुसन्धानका लागि चालकलाई नियन्त्रणमा लिइएको छ ।