काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आफ्ना सांसद रेशम चौधरीको रिहाइलगायतका माग राखेर देशव्यापी आन्दोलन र प्रदर्शन गर्ने भएको छ।


ADVERTISEMENT


राजपाले आगामी शुक्रबार सबै जिल्लामा कोण सभा र प्रदर्शन गर्न सर्कुलर जारी गरेको छ ।


ADVERTISEMENT

# # #


राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, राजनीतिक आन्दोलनका नेता सांसद रेशम चौधरी लगायतका राजबन्दीहरूका मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिनुपर्ने, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै देशभरी आन्दोलनमा उत्रन उर्दी जारी गरेको हो ।

साँसद चौधरी प्रति सरकार अनुदार देखिएपछि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन लिएको राजपाले सशक्त आन्दोलनको आँधिबेरी ल्याउने नेताहरुले बताउँदै आएका छन् ।