– जेसिका ब्राउन


ADVERTISEMENT


‘हामीले धेरै पानी पिउनुपर्छ । प्रत्येक दिन आठ गिलास या दुई लिटर पानी त पिउनै पर्छ ।’
‘पानी नै जीवन हो ।’
‘पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ । त्यसकारण बढीभन्दा बढी पानी पिउनुपर्छ ।’ तपाईहरुले यस्ता भनाई पढ्नु भएको होला, सुन्नु भएको होला । तर, पानीलाई लिएर यस्ता भनाईहरु पहिलेदेखि थिएनन् ।


ADVERTISEMENT

# # #


१९ औँ शताब्दीको शुरुवातसम्म पानी पिउनु राम्रो मानिदैनथ्यो । समाजको माथिल्लो वर्गका मानिस बढी पानी पिउनु आफ्नो शान गिर्नु ठान्थे । उनीहरुलाई लाग्थ्यो, पेट पानीले भर्नु गरिबको काम हो । तर, आज बेलायतका मानिसहरु खुब पानी पिइरहेका छन् । अमेरिकामा बोतलमा राखिएको पानीको माग सोडाभन्दा पनि ज्यादा छ । विश्वभरिका मानिस खुब पानी पिइरहेका छन् ।

नपिउन् पनि कसरी, बढीभन्दा बढी पानी पिउने सल्लाह डाक्टर जो दिइरहेका छन् । छाला चम्किलो हुनुको राज धेरै पानी पिउनु हो भनिन्छ । यस्तै धेरै पानी पिउँदा क्यान्सर र तौल बढी हुने समस्याबाट पनि छुटकारा पाइने चर्चा छ ।

लण्डनमा मेट्रोमा यात्रा गर्नेलाई पानी साथमा लिएर जान सल्लाह दिइन्छ । बेलायतमा केही स्कुल तथा अफिसहरुमा पानी बिना प्रवेश दिइन्न । मानिसहरु भन्छन्, प्रत्येक दिन कम्तीमा २ लिटर अर्थात् २४० मिलीलिटर पानी भरिएका ८ वटा गिसास रित्याउनु पर्छ । तर, यो नियम कहाँबाट आयो ? यसको सल्लाह कसले दियो ? किनकी कुनै अध्ययन वा वैज्ञानिकले त यो दाबी गरेका छैनन् !

फेरि धेरै पानी पिउने दौडमा किन मान्छेहरु लागिरहेका छन् ? हुनसक्छ, दुई दिशानिर्देशको गलत व्याख्याका कारणले । १९४५ मा अमेरिकाको फूड एण्ड न्यूट्रिशन बोर्ड अफ नेशनल रिसर्च काउन्सिलले युवाहरुलाई सल्लाह दियो कि उनीहरु प्रत्येक क्यालोरी खाना पचाउनका लागि एक मिलिटिर पानी पिउन् । यसको अर्थ के थियो भने तपाई २ हजार क्यालोरी खाना खाने महिला हुनुहुन्छ भने तपाईले दुई लिटर पानी पिउनुपर्छ । २५ सय क्यालोरीयुक्त खाना खाने पुरुषले दुई लिटरभन्दा ज्यादा पानी पिउनुपर्छ ।

यसमा सादा पानी मात्रै होइन, फलफूल, सागसब्जी वा अन्य पेय पदार्थबाट पाइने पानी पनि सामेल छ । फलफूल र पानीमा समेत ९८ प्रतिशतसम्म पानी हुनसक्छ । यसका साथै १९७४ मा मार्गरेट म्याक्विलियम्स र फ्रेडरिक स्टेयरको किताब ‘न्युट्रिसन फर गुड हेल्थ’ मा सिफारिस गरिएको थियो कि हर वयस्कले प्रत्येक दिन ८ गिलास पानी पिउनुपर्छ ।

तर यी दुई लेखकले पनि यो भनेका थिए कि यसमा फलफूल र सागसब्जीबाट मिल्ने पानी मात्रै होइन, सफ्ट ड्रिंक र यहाँसम्म कि बियरबाट पाइने पानीसमेत सामेल छ ।

तिर्खा मेट्ने विश्वास

यसमा कुनै दुई मत छैन कि पानी जरुरी छ । हाम्रो शरीरको दुई भाग हिस्सा पानीको नै हुन्छ । यसबाट हामीलाई पोषक तत्व मिल्छ । पानी शरीरबाट खराब तत्व बाहिर निकाल्नमा पनि विशेष भूमिका खेल्छ ।

यसका साथै हामी पसिना, पिसाब र श्वासको माध्यामबाट पानीलाई शरीरबाट बाहिर निकालिरहन्छौँ । यसकारण पनि शरीरमा पानीको मात्रा भइराख्न जरुरी छ । जब शरीरमा पानीको एक थोपा कमी भएपनि हामी डिहाइड्रेशन अर्थात पानीको कमीको शिकार हुन्छौँ । कहिले काहीँ पानीको  कमी घातक साबित हुनसक्छ ।

भ्रम

प्रत्येक दिन ८ गिलास पानी पिउने भ्रम विश्वमा रहेको छ । तर, जानकारहरु बताउँछन् कि हामीलाई पानीको त्यत्रि मात्रामा आवश्यकता पर्छ, जति हाम्रौ शरीर माग्छ ।

अमरिकाको टफ्ट्स विश्वविद्यालयका विशेषज्ञ इर्विन रोजेन्बर्ग बताउँछन्, ‘पानीको सन्तुलन राख्न हाम्रो शरीरले हजारौँ वर्षको विकास प्रक्रियाबाट गुज्रिँदै सिकेको हो । यसको सुरुवात तब भएको थियो, जब समुद्र छाडेर जीव जमिनमा बस्न निस्किएको थियो । आज मानिसको शरीरमा पानीको सन्तुलन कायम गर्न विकसित व्यवस्था छ ।’

कुनैपनि स्वस्थ शरीरमा पानीको जरुरत भएमा सबैभन्दा पहिले दिमागलाई थाहा हुन्छ । त्यसपछि यसले मानिसलाई प्यास लागेको संकेत गर्छ ? दिमागबाट एक हार्मोन मृर्गौलालाई निर्देशन दिन्छ कि पिसाबलाई गाढा बनाएर शरीरबाट पानी निकाल्न कम गरोस् र पानी पचाओस् ।

बेलायतका डाक्टर र खिलाडीका सल्लाहकार कोर्टनी किप्स बताउँछन, ‘यदि तपारुई आफ्नो शरीरको कुरा सुन्नुहुन्छ भने यो बताउँछ कि तपाईलाई प्यास कतिबेला लागेको हो ? मानिसलाई लाग्नसक्छ, प्यास लाग्नुको अर्थ शरीरमा पानीको मात्रा एकदम कम हुनु हो , तर यो गलत हो ।’

प्यास लागेपछि पानी पिउनु राम्रो विकल्प हो । किनकी यसमा क्यालोरी हुन्न । तर, हामी प्यास लागेपछि चिया, कफी, चिसो पय पदार्थ वा अन्य पेय पदार्थ पिएर पनि पानीको कमी पूरा गर्न सक्छौँ । कफीको कुनै साइड इफेक्ट नै किन नहोस्, अध्ययन यो बताउँछ कि चिया कफीबाट पनि हाम्रो शरीरलाई पानी मिल्छ । यस्तै शरीर बियरबाट पनि पानी मिल्छ ।

पानी पिउनु स्वास्थ्यका लागि फाइदा

वैज्ञानिकलाई यस्तो कुनै प्रमाण मिलेको छैन कि धेरै पानी पिउनु पर्छ । जब तपाईलाई प्यास महशुस हुन्छ, तब पानी पिउनुहोस् । यद्दपी अलि बढी पानी पिउनु स्वास्थ्यका लागि हानिकार भने छैन । पानीले डिहाईड्रेशनबाट बचाउने भएकाले दिमागलाई काम गर्न सजिलो हुन्छ । साथै पानी प्रयाप्त मात्रामा शरीरमा जम्मा गर्दा केही समस्याको समाधान पनि सजिलै निकाल्न सकिन्छ ।

नियमित रूपमा पानी पिएर हामी तौल बढ्नबाट रोक्न पनि सक्छौँ । अमरिकाको भर्जिनिया पोलिटेक्निक इन्स्टिच्यूटका ब्रेन्डा डेवी बताउँछन् कि कम पानी पिउनेको भन्दा बढी पानी पिउनेको शरीरको तौल चाँडो घट्छ ।

यस्तै यूनिवर्सिटी कलेज लण्नकी बारबरा रोल्स बताउँछिन्, ‘यदि हामी मिठो पेयको सट्टा सादा पानी पिउँछौँ, अवश्यपनि हाम्रो शरीरको तौल घट्छ । यस्तै सूप सट्टा हामस् पानी पिउँछौँ त शरीरमा कम क्यालोरी जान्छ ।’

धेरैलाई लाग्छ, धेरै पानी पिउँदा हाम्रौ छाला चम्किलो हुन्छ । तर, वैज्ञानिकलाई यसको पनि कुनै प्रमाण मिलेको छैन ।

धेरै पानी पिउनु स्वास्थ्यका लागि कति फाइदाजनक ?

जो मानिसक दिनमा ८ गिलास पानी पिउने प्रयास गर्छन्, उनीहरुलाई केही बेफाइदा छैन । तर, हरपल पानी पिइरहदा केही नोक्सान भने जरुर पर्छ । यसले रगतमा सोडियमको कमी हुन्छ । सोडियमको कमी हुँदा रक्तचापमा प्रभाव पार्ने हुँदा दिमाग र फोक्सोमा असर पर्छ ।

डाक्टर कोर्टनी किप्स बताउँछिन्, ‘हामी शरीरको संकेतलाई पञ्छाउँदै आफ्नो मनबाट पानी पिउँछौ भने त यसले हानी गर्नसक्छ ।’

जोहाना पकेनहम बेलायतकी धावक हुन् । उनले २०१८ को लण्डन म्याराथनमा सहभागिता जनाएकी थिइन् । त्यो बेला उनले धेरै पानी पिइन्, किनकी एकदमै गर्मी थियो । दौड समाप्त भइसकेपछि पनि उनलाई उनका साथीहरुले पानी पिलाए । त्यसपछि उनी पानी ज्यादा भएका कारण बेहोस भइन् । उनलाई एअर एम्बुलेन्सबाट अस्पताल लैजानु पर्यो । उनी दुई दिनसम्म बेहोस भइन् ।

जोहाना बताउँछिन् कि उनका साथीहरु र जानकारहरु दौड्नका लागि एकदमै पानी पिउने सल्लाह दिन्छन् । उनी आजभोलि भन्छिन्, ‘ज्यादा पानी पिउनु स्वाथ्यका लागि घातक हुन्छ भन्ने कुरा बल्ल बुझेकी छु ।’

कति पानी पिउने ?

कतै जानुपर्यो भने हामी पानी बोकेरै जान्छौँ, ता कि प्यास लागेका बेला पिइरहौँ । यसो गर्दा हामी चाहिनेभन्दा बढी पानी शरीरलाई दिइरहेका हुन्छौँ ।

लण्डनका विशेषज्ञ ह्यू मन्टगोमरी बताउँछन् कि धेरै गर्मी हुने ठाउँका मानिसका लागि पनि दिनभर अधिकतम दुई लिटर पानी आवश्यक पर्छ । आधा घण्टाको यात्रामा पानी बोकेर जानु जरुरी छैन, भलै तपाई पसिनाले निथ्रुक्क किन नहुनुस् ।

तर, यो जान्न जरुरी छ कि ६० वर्षको उमेरपछि प्यास महशुस गर्ने हाम्रौ शक्ति विस्तारै कम हुँदै जान्छ । त्यसकाण यो उमेरका मानिसहरुले बढीभन्दा बढी पानी पिउनुपर्छ, ता कि डिहाईड्रेशनबाट बच्न सकियोस् । सबै मानिसलाई पानीको आवश्यकता अलग अलग हुन्छ । त्यसकारण प्रत्येक दिन ८ गिलास पानी पिउने शूत्र सबैकोमा लागू नहुन सक्छ ।

बढी पानी पिउनुको एकै फाइदा हुन्छ, त्यो हो तपाई पटकपटक शौचालय जानुहुन्छ । जसका कारण यताउता गर्दा केही क्यालोरी खर्च गर्नुहुन्छ ।

– बीबीसी