काठमाडौँ – आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा नेपाल छनोट हुन असफल भएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) ले ओमानलाई पराजिनत गरेसंगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । यूएईले ओमानमाथि १० विकेटको शानदार जित निकाल्दै विश्वकपमा छनोट भएको हो ।


ADVERTISEMENT


मलेसियामा जारी विश्वकप छनोट उत्कृष्ट प्रदर्शन गरेता पनि वर्षा बाधक बनेपछि नेपाल विश्वकपमा पुग्न सकेन । पहिलो खेलमा सिंगापुरलाई भारी अन्तरले पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसंग एक रनले पराजित भयो । खेल चलिरहँदा वर्षा भएपछि डकवर्थ लुईस नियमका आधारमा नेपाल युएईसंग एक रनले पराजित भयो ।


ADVERTISEMENT

# # #


नेपाल विश्वकपमा छनोट हुनका लागि युएईले एक खेल हानुपर्ने थियो । तर पाँच खेलमा पाँच वटै जित निकाल्दै युएई विश्वकपका लागि छनोट भयो । यूएईले ओमानमाथि १० विकेटको शानदार जित निकाल्दै विश्वकपमा छनोट भएको हो ।

उक्त खेलमा पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनायो । २४८ रनको लक्ष्य पच्छ्याउँदै जवाफी ब्याटिङ थालेको युएईले ३० ओभरमा ३ विकेट गुमाउँदै १२२ रन बनाउँदा वर्षा भएपछि खेल स्थगित भएको थियो । निरन्तर पानी परेपछि खेल सुरु हुन सकेन । नेपाल डी एल मेथडमा एक रनले पराजित बन्यो । जुन नेपालका लागि निकै महंगो साबित भयो ।

नेपालले आफ्नो अन्तिम खेल कुवेतसंग खेलिरहेको छ ।