पोखरा – कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते भएका छन् ।


ADVERTISEMENT


प्रदेशसभा भवनअगाडि बम भेटिएको खबरसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा धर्मबहादुर थापा घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यसैबीच पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।

विप्लव समूहको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ भने सो क्रममा विभिन्न स्थानमा बम फेला परेको हो ।