काठमाडौँ – जनता बैंक नेपालले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ४, बलियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक समारोहकाबिच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरेका छन् ।


ADVERTISEMENT


उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा लगायतको उपस्थित रहेको थियो ।


ADVERTISEMENT

# # #


शाखा उद्घाटनको अवसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको छ। १ हजार जना भन्दा बढीको आँखा परिक्षण गरिएको उक्त शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिने छ बैँकले जनाएको छ ।

जनता बैंकको यस बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ ।